जनकपुर, ६ पुस । मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुनेभएको छ ।
पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ सभामुख चयन गर्न लागिएको छ ।
सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादर ले उम्मेदवारी दर्ता गराएका छन् ।
आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।














