काठमाडौ, ५ पुस । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू शासक बन्न वा परम्परागत राजनीति गर्न नआएको स्पष्ट पारेका छन् ।
चितवनमा आयोजित भेलामा उनले देश परिवर्तन, सुशासन र समृद्धिका लागि नयाँ नेतृत्व आवश्यक रहेको बताए । भाषणभन्दा नतिजामा विश्वास गर्ने उनले बताए ।














