काठमाडौं, ५ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा कडा योग्यता र मापदण्ड तय गरेको छ ।
पार्टी परिपत्रअनुसार उम्मेदवार कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा स्वच्छ हुनुपर्नेछ ।
भ्रष्टाचार, सामाजिक अपराधमा दोषी, आर्थिक अनुशासन उल्लंघन गर्ने र बहालवाला जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ ।
साथै युवा, महिला, समावेशिता, लोकप्रियता र जित्ने सम्भावनालाई प्राथमिकता दिइने नेकपाले जनाएको छ ।














