जनकपुरर, ५ पुस । मधेश प्रदेश सभाको सभामुख निर्वाचनको तयारी तीव्र बनेको छ ।
निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता, प्रस्ताव–समर्थन संकलन तथा उम्मेदवारको अन्तिम सूची प्रकाशन हुँदैछ ।
उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सूची ३ः३० बजे सार्वजनिक गरिनेछ ।
सभामुख निर्वाचन आइतबार दिउँसो १ बजेका लागि तय गरिएको छ ।














