काठमाडौं, ५ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँको भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्दैछ ।
बागमती, विशेष र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुने सभामा करिब ५० हजारको सहभागिता अनुमान गरिएको छ । बिहान विभिन्न स्थानबाट जुलुस सुरु भई भृकुटीमण्डपमा सभामा परिणत हुनेछ ।
सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल लगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।














