काठमाडौं, ५ पुस । सहकारी ठगी प्रकरणमा शर्तसहित रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज चितवनमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुँदैछन् ।
भरतपुर–२४ चौबिसकोटीमा हुने कार्यक्रममा उनले छोटो विशेष सम्बोधन गर्नेछन् ।
कार्यक्रमपछि उनी काठमाडौं फर्किएर जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेट्ने तथा पार्टी केन्द्रीय कार्यालयमा हुने स्वागत कार्यक्रममा सहभागी हुनेछन् ।














