एजेन्शी, युवा आन्दोलनका नेता शरीफ उस्मान हादीको मृत्यु भएपछि बंगलादेशमा हिंसा भड्किएको छ ।
ढाकामा गोली प्रहारबाट गम्भीर घाइते भएका हादीको सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनको मृत्युको खबरपछि ढाकामा समर्थकहरूले प्रदर्शन गर्दै दुई प्रमुख पत्रिकाका कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । घटनापछि सुरक्षा सतर्कता बढाइएको छ ।














