काठमाडौं, ४ पुस । सहकारी ठगी प्रकरणमा आठ महिनादेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रिहा हुँदैछन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले २ करोड ६८ लाख रुपैयाँ जमानत र थप १ करोड रुपैयाँ धरौटीमा सशर्त रिहा गर्न आदेश दिएपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई रिहा गरिन लागेको हो ।
कार्यालय समय सकिएकाले ढिलाइ भएको रिहाइ प्रक्रिया आज भैरहवामा पूरा हुनेछ ।














