KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय कलाकारसहित भरततालमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम

राष्ट्रिय कलाकारसहित भरततालमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम

क्षितिज विश्वकर्मा
सर्लाही, २ पुस । सर्लाहीको बागमती नगरपालिकास्थित भरतताल (पर्यटकीय माछा पोखरी) क्षेत्रमा चौथोपटक बृहत् सोनाम ल्होछार मेला आयोजना हुने भएको छ ।

नेपाल तामाङ घेदुङ बागमती नगर कार्यसमितिले पत्रकार सम्मेलनमार्फत माघ ६ गते भरततालमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो ।

अहिले चलिरहेको ‘सा पुख्रि÷डुल ल्हो’ (सर्प वर्ग) लाई बिदाइ गर्दै आउँदो माघ ५ गते पर्ने २८६२ ‘ता ल्हो’ (घोडा वर्ग) लाई स्वागत गर्ने अवसरमा सोनाम ल्होछार विशेष कार्यक्रम आयोजना गर्न लागिएको घेदुङले जनाएको छ ।

माघ ५ गते तामाङ समुदायले आफ्नो घर–परिवार र समुदायस्तरमा ल्होछार मनाउने र त्यसको भोलिपल्ट माघ ६ गते मंगलबार भरततालमा बृहत् सांस्कृतिक मेला आयोजना गरिने घेदुङ नगर समितिका सचिव चन्द्रबहादुर जिम्बा तामाङले जानकारी दिनुभयो ।

बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकारहरूसँगै स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रममा तामाङ समुदायको मौलिक सांस्कृतिक नृत्य, गीत–संगीत प्रस्तुत गरिनुका साथै तामाङ जातीय परिकार, भेषभूषा प्रदर्शनी तथा तामाङ संस्कार–संस्कृतिसँग सम्बन्धित विभिन्न स्टलहरू पनि राखिनेछन् ।

कार्यक्रम संयोजक सञ्जय ब्लोनका अनुसार फुलकुमार बोम्जन, विशाल काल्तान, सुमिना लो, रेश्मा बोम्जन, उर्गेन दोङलगायत चर्चित गायक–गायिकाको प्रस्तुति रहनेछ भने मोडल याङ्गी दोङ, रिया लामा लगायत कलाकारहरूको पनि सहभागिता रहनेछ ।

घेदुङ बागमती नगर कार्यसमितिका अध्यक्ष रोशन लामाका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब ११ लाख १५ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ ।

कलाकार व्यवस्थापनदेखि अन्य सम्पूर्ण खर्च घेदुङले नै व्यहोर्ने उहाँले बताउनुभयो। समितिले विगत तीन वर्षदेखि निरन्तर रूपमा सोनाम ल्होछार विशेष बृहत् कार्यक्रम आयोजना गर्दै आएको छ ।

आयोजकका अनुसार यस मेलाले तामाङ समुदायको मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सहयोग पु¥याउनुका साथै भरतताल क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Facebook Comment

Related Posts

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar