काठमाडौं, ३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न बिहीबार आदेश दिएको हो ।
जिल्ला अदालत रुपन्देहीले बिगो रकम दाखिल गर्दा पनि रिहा नगरेपछि उनले उच्च अदालतमा निवेदन दिएका थिए ।














