काठमाडौं, ३ पुस । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।
बुधबार सम्पन्न निर्वाचनमा ओली प्यानलले सचिव पदमा पूर्ण सफलता हासिल गर्दै पार्टीभित्र आफ्नो प्रभाव मजबुत बनाएको छ । सचिव पदका उम्मेदवारमध्ये महेश बस्नेतले सबैभन्दा बढी मत प्राप्त गर्दै ‘पपुलर’ सचिवको रूपमा आफूलाई स्थापित गरेका छन् ।
उनले कुल १,५४४ मत प्राप्त गर्दै सचिव पदमा शीर्ष स्थान हासिल गरे । त्यसैगरी, पद्माकुमारी अर्यालले १,५३० मत, छविलाल विश्वकर्माले १,५०६ मत, शेरधन राईले १,५०३ मत, हिक्मतकुमार कार्कीले १,३३७ मत, खगराज अधिकारीले १,२३१ मत, यामलाल कँडेलले १,१८५ मत, राजन भट्टराईले १,१८१ मत र भानुभक्त ढकालले १,१०८ मत प्राप्त गर्दै सचिव पदमा विजयी भएका छन् ।
निर्वाचनमा अन्य उम्मेदवारहरूले भने अपेक्षाकृत कम मत प्राप्त गरेका छन्। गोकुलप्रसाद बास्कोटाले १,०३० मत, ठाकुरप्रसाद गैरेले ८८३ मत, रचना खड्काले ८७७ मत, कर्णबहादुर थापाले ८४७ मत, अग्निप्रसाद खरेलले ७१६ मत, विनोदप्रसाद ढकालले ६८४ मत, कृष्णगोपाल श्रेष्ठले ६२५ मत, लालबाबु पण्डितले ४९६ मत, पेम्बा लामाले ४९३ मत, पुरुषोत्तम पौडेलले ४६२ मत, ईन्द्रलाल साप्कोटाले ४०५ मत प्राप्त गरेका छन् ।














