काठमाडौं, ३ पुष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना क्रम जारी छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म कुल ११३९ मत गणना भइसकेको छ । आयोगका अनुसार ४० वटा भोटिङ मेसिनको मत गणना सम्पन्न भइसकेको हो ।
मतगणनाको प्रारम्भदेखि नै अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र महासचिवका उम्मेदवार शंकर पोखरेलले अग्रता कायम गर्दै आएका छन् ।
निर्वाचन आयोगका अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले ८४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन् ।
यस्तै, महासचिव पदमा शंकर पोखरेलले ६१३ मत ल्याउँदा सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत प्राप्त गरेका छन् ।
कुन पदाधिकारीले कति मत पाए?
अध्यक्ष
केपी शर्मा ओली ः ८४३
ईश्वर पोखरेल ः २९६
उपाध्यक्ष
अरुण नेपाल ः २२३
गुरु प्रसाद बराल ः ५८५
गोकर्णराज विष्ट ः ७१३
टंक प्रसाद कार्की ः १८७
पर्शुराम मेघी गुरुङ ः ३३४
पृथ्वीसुब्बा गुरुङ ः ९००
भिम प्रसाद आचार्य ः १४३
रघुजी पन्त ः ६१७
रामबहादुर थापा ‘बादल’ ः ७७४
बिन्दा पाण्डे ः ४७४
विष्णु प्रसाद पौडेल ः ८४६
महासचिव
शंकर पोखरेल ः ६१३
सुरेन्द्र प्रसाद पाण्डे ः ५२६
उपमहासचिव
आनन्द प्रसाद पोखरेल ः ३३४
योगेश भट्टराई ः ७०९
रघुवीर महासेठ ः ६८९
राजेन्द्र प्रसाद गौतम ः १४०
लेखराज भट्ट ः ७३४
विष्णु प्रसाद रिमाल ः ५४०
वैजनाथ चौधरी ः २७१
सचिव
अग्नि प्रसाद खरेल ः ३७७
इन्द्रलाल साप्कोटा ः ३०९
कर्णबहादुर थापा ः ४४४
कृष्ण गोपाल श्रेष्ठ ः ३२५
खगराज अधिकारी ः ६८०
गोकुल प्रसाद बास्कोटा ः ५२८
छविलाल विश्वकर्मा ः ४६९
ठाकुर प्रसाद गैरे ः ४६२
पद्मा कुमारी अर्याल ः ४७८
पुरुषोत्तम पौडेल ः २३०
पेम्बा लामा ः २५५
भानुभक्त ढकाल ः ५५२
महेश बस्नेत ः ७८३
यमलाल कडेल ः ६२६
रचना खड्का ः ४५९
राजन भट्टराई ः ५८१
लालबाबु पण्डित ः ३९९
विनोद प्रसाद ढकाल ः ३५५
शेरधन राई ः ४६७
हिक्मत कुमार कार्की ः ६७२














