काठमाडौं, २ पुस । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशका मतदान केन्द्र तोकेको छ ।
प्रदेश राजधानीलाई मतदानस्थल तोक्दै कोशीमा विराटनगर, मधेशमा जनकपुर, गण्डकीमा पोखरा, लुम्बिनीमा घोराही, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिममा धनगढीमा मतदान केन्द्र रहनेछ।
प्रदेशसभा सदस्यले ‘क’ केन्द्रमा र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले ‘ख’ केन्द्रमा मतदान गर्ने व्यवस्था गरिएको छ ।














