जनकपुर, २ पुस । मधेश प्रदेश सभामा आज दिउँसो १ बजे बैठक बस्दै सभामुख चयन प्रक्रिया औपचारिक रूपमा अघि बढाइने भएको छ ।
बैठकअघि उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा निर्वाचन प्रक्रिया र राजनीतिक सहमतिबारे छलफल भइरहेको छ ।
आजकै बैठकबाट कार्यविधि अनुमोदन गरी सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी छ । तत्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि रिक्त पद पूर्तिका लागि सहमति वा निर्वाचन हुने विषयमा चासो बढेको छ ।
गठबन्धनभित्र मतभेद देखिन थालेकाले सभामुख चयन प्रक्रिया थप चासोको विषय बनेको छ ।














