काठमाडौं, २ पुस । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतगणना मतदान सकिएको दुई घण्टाभित्र सम्पन्न हुने र नतिजा आजै राति सार्वजनिक हुने एमाले नेता राजेन्द्र गौतमले बताएका छन् ।
भृकुटीमण्डपमा भएको प्रेस ब्रिफिङमा उनले मतदान प्रक्रिया ८–साढे ८ घण्टाभित्र सक्ने तयारी रहेको जानकारी दिए ।














