सर्लाही, १ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले २८ बुँदे माग तत्काल पूरा गर्न सर्लाहीको मलंगवामा विरोध सभा आयोजना गरेको छ ।
पार्टी अध्यक्ष रणधिर यादवले समावेशिता, सुशासन, सामाजिक न्याय र जनजीविकास सम्बन्धी मागहरू सरकारले बेवास्ता गरेको आरोप लगाउँदै, मागहरू कार्यान्वयन नगरे आन्दोलन सशक्त बनाइने चेतावनी दिए ।
सभामा केन्द्रीय सदस्य सुनैना चौधरी, मिरा मण्डल, पूर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवान, जिल्ला उपाध्यक्ष तथा स्थानीय प्रमुखहरू, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले सरकार जनताको समस्या समाधानमा गम्भीर नभएको भन्दै दबाब कार्यक्रम जारी राख्ने बताएका छन् ।
विरोध सभा जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सर्लाहीको आयोजनामा सम्पन्न भएको हो ।














