KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

न्याय र सुरक्षामा उदाहरणीय कामः सागर शम्सेर जबरालाई विशेष सम्मान

न्याय र सुरक्षामा उदाहरणीय कामः सागर शम्सेर जबरालाई विशेष सम्मान

जनकपुर, १ पुस । जिल्ला प्रहरी कार्यालय धनुषाले उत्कृष्ट कार्यसम्पादन गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याएको भन्दै प्रहरी बरिष्ठ नायव निरीक्षक (प्र.ब.ना.नि.) सागर शम्सेर जबरालाई २०८२ साल मंसिर महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ ।

अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको दरबन्दी भई हाल प्रहरी चौकी जनकपुरमा कार्यरत प्र.ब.ना.नि. जबराले गम्भीर प्रकृतिका अपराध अनुसन्धान, फरार अभियुक्तको खोजी तथा पक्राउमा सक्रिय, प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मिति २०८२÷०७÷२८ गते मिथिला बिहारी नगरपालिका–९, अन्दुपट्टी८८मा वडा अध्यक्ष बिन्देश्वर यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न १२ जनामध्ये चार जनालाई पक्राउ गर्न उनले महत्वपूर्ण योगदान दिएका थिए ।

उक्त घटनाको अनुसन्धानमा उनको सक्रियताले अपराध अनुसन्धानलाई निर्णायक मोडमा पु¥याएको प्रहरीको भनाइ छ । त्यसैगरी, जनकपुर उपमहानगरपालिका–११ मा घटेको जबरजस्ती करणीसम्बन्धी घटनामा संलग्न अभियुक्तहरूलाई विभिन्न स्थानबाट पक्राउ गर्न उनले प्रभावकारी नेतृत्व र समन्वय गरेका थिए ।

साथै, जनकपुर–१० स्थित एक होटलमा घटेको नाबालिकासम्बन्धी गम्भीर अपराधमा संलग्न फरार प्रतिवादीहरूलाई समेत सक्रिय अनुसन्धानमार्फत पक्राउ गर्न सहयोग पु¥याएका छन् । यसका अतिरिक्त, २०८२ सालको राम–सीता विवाह पञ्चमी मेलाका क्रममा शान्ति–सुरक्षा व्यवस्थापनमा उनले खेलेको भूमिकालाई पनि प्रहरी कार्यालयले प्रशंसनीय ठहर गरेको छ । मेलाको अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था सुदृढ बनाउँदै जनशान्ति कायम राख्न उनले अहम भूमिका निर्वाह गरेका थिए ।

आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिकता, इमान्दारिता र कुशलताका साथ निर्वाह गर्दै प्रहरी संगठनको छवि उकास्न उल्लेखनीय योगदान पु¥याएको निष्कर्षसहित जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले प्र.ब.ना.नि. जबराको उत्कृष्ट कार्यले आम नागरिकमा प्रहरीप्रतिको विश्वास र सकारात्मक सोच अभिवृद्धि भएको बताएका छन् ।

उनले आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यले समाजमा शान्ति, सुरक्षा र न्यायको अनुभूति गराउने विश्वास व्यक्त गरे ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar