एजेन्शी, भारतको दिल्ली–आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।
मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजे ८ वटा बस र ३ वटा साना सवारीसाधन आपसमा ठोक्किएर आगलागी भएको थियो ।
दुर्घटनामा परेका १३ जनाको मृत्यु पुष्टि भएको छ भने तीन जनाको पहिचान भइसकेको छ । बाँकी शवको डीएनए परीक्षणमार्फत पहिचान गरिने प्रहरीले जनाएको छ ।














