एजेन्शी, युक्रेनले पहिलो पटक पानीमुनि चल्ने समुद्री ड्रोन प्रयोग गरी ब्ल्याक सागर क्षेत्रमा रहेको रूसी ‘किलो क्लास’ पनडुब्बीमा गम्भीर क्षति पु¥याएको दाबी गरेको छ ।
युक्रेनको सुरक्षा सेवाले नोभोरोस्सियस्क बन्दरगाह नजिकै युक्रेनमै बनेका ‘सब सी बेबी’ ड्रोन प्रयोग गरी आक्रमण गरिएको जनाएको छ । सो पनडुब्बीको लागत करिब ४० करोड डलर (झन्डै ५७ अर्ब रुपैयाँ) रहेको बताइएको छ ।
युक्रेनले यसलाई ऐतिहासिक पहिलो घटना भनेको छ भने रूसले दाबी अस्वीकार गरेको छ ।














