एजेन्शी, मेक्सिकोको टोलुका विमानस्थल नजिकै निजी विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ।
आकापुल्कोबाट उडेको विमान आपतकालीन अवतरण गर्ने क्रममा एक व्यवसायिक भवनको छानामा ठोक्किँदा आगलागी भएको थियो। दुर्घटनामा आठ यात्रु र दुई चालक दलमध्ये हालसम्म सात जनाको शव फेला परेको छ। घटनाको छानबिन सुरु गरिएको छ।














