काठमान्डौँ, १ पुष । नेकपा एमालेको ईश्वर पोखरेल समूहले पार्टी निर्वाचनमा भइरहेको ढिलाइप्रति आपत्ति जनाउँदै तत्काल मतदान सुरु गर्न माग गरेको छ ।
नेत्री अष्टलक्ष्मी शाक्यले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएकी छन् । ईश्वर पोखरेलले मतदान ढिलाइको बहानामा ओली पक्षबाट चलखेल भइरहेको आरोप लगाएका छन् ।
दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि अझै प्रक्रिया अघि नबढेपछि समूहले दबाब बढाएको हो ।














