काठमान्डौँ, १ पुष । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले ११औँ महाधिवेशन अन्तर्गत मंगलबार हुने निर्वाचनमा केपी शर्मा ओली नेतृत्वको समूहलाई मतदान गर्न अपिल गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले ओलीले अगुवाइ गरेको सम्पूर्ण टिमलाई शानदार मतसहित विजयी बनाउन आग्रह गरेका हुन् ।
ज्ञवालीले महाधिवेशनलाई पार्टी र राष्ट्रिय राजनीतिका लागि निर्णायक क्षणको रूपमा व्याख्या गर्दै आफू पनि यसपटक केन्द्रीय कमिटी सदस्य पदका उम्मेदवार रहेको र प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरेका छन् ।














