काठमाडौं, १ पुस । प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २३ गते भएको चर्को बल प्रयोग र हताहतीपछि भोलिपल्ट बिहानैदेखि अवस्था नियन्त्रण बाहिर गएको बताएका छन्।
जाँचबुझ आयोगमा बयान दिँदै उनले समयमै कफ्र्यु नलगाइनु र राष्ट्रिय सुरक्षा परिषद सक्रिय नहुनुका कारण स्थिति झनै भयावह बनेको उल्लेख गरे ।
उनका अनुसार सेना सरकारको आदेशबिना आफैं परिचालित हुन नसक्ने भएकाले संयमता अपनाइएको हो । सिंहदरबार प्रवेश गर्न खोज्ने भीड रोक्न ४६ राउण्ड हवाई फायर गरिएको र भौतिक रूपमा नियन्त्रण गरिएको सेनाको दाबी छ ।
बल प्रयोग बढाएको भए अझ ठूलो मानवीय क्षति हुने भएकाले सेना संयमित बनेको सिग्देलको भनाइ छ ।














