जनकपुर, १ पुस । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले मधेश प्रदेशस्तरीय संगठन विस्तार गर्दै १७ सदस्यीय मधेश प्रदेश समिति गठन गरेको छ ।
समिति सर्लाही जिल्लाको लालबन्दीमा सम्पन्न भेलाबाट गठन गरिएको हो । नवगठित समितिको अध्यक्षमा सर्लाहीका क्षितिज विश्वकर्मा चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा रमेश खत्री चयन हुँदा उपाध्यक्षको जिम्मेवारी रौतहटका शुसिला पोखरेल चौलागाईंलाई दिइएको छ । सचिवमा प्रफुल्ल मिश्र, सह–सचिवमा बिनोद ढुंगेल र कोषाध्यक्षमा पर्साका श्रवण साह चयन भएका छन् ।
सह–कोषाध्यक्षको जिम्मेवारी मानिकचन्द साहले पाएका छन् । समितिको प्रचार विभाग प्रमुखमा धनुषाका कुलदिप दास (प्रेम) चयन भएका छन् भने प्रवक्ताको जिम्मेवारी राजु श्रीवास्तवलाई दिइएको छ ।
महिला विभाग प्रमुखमा आरति सेन्चुरी (नारायणी विश्वकर्मा) चयन भएकी छन् । सदस्यहरूमा सरिता सापकोटा, प्रभु प्रसाद यादव, रामनाथ राम, सन्तोष कर्ण, एसएम जगाहस्त (गुड्डु), अस्मिता परियार र अनिल यादव चयन भएका छन् ।
भेलामा सहभागी वक्ताहरूले मधेश प्रदेशमा लोक सञ्चारकर्मीहरूको हकहित, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका लागि नवगठित समितिले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
समितिले सञ्चारकर्मीको पेशागत सुरक्षा, प्रशिक्षण तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।














