काठमाडौं, २९ मंसिर । निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगर गृहमन्त्री ओमप्रकाश अर्यालले चेतावनी दिएका छन् ।
सोमबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु, गराउन न्यायोचित नहुने जनाए ।
उनले वर्तमान सरकार निर्वाचन गराउने गरी बनेको उल्लेख गर्दै त्यस कामलाई सम्पन्न गर्न लागि परेको बताए ।
मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभूति हुनेगरी निष्पक्ष ढंगबाट कार्य सम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरूलाई निर्देशन दिए ।
मन्त्री अर्यालले जनताले महसुस गर्नेगरी आफ्नो काममा सुधार गर्न पनि सुरक्षा निकायहरूलाई सचेत गराए ।












