काठमाडौँ, २९ मंसिर । नेकपा एमालेको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी घदर्ता गराएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा जारी पार्टीको बन्दसत्रका क्रममा सोमबार उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ । निर्वाचन समितिको कार्यतालिकाअनुसार ओलीले केहीबेरअघि अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि जारी बन्दसत्र अन्तर्गत आज उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार, भोलि मतदान हुने तयारी गरिएको छ । अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिएका ओली र पोखरेल दुवैले आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएको जनाइएको छ ।














