KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नवीन सोच र चरित्रवान् नेतृत्व आवश्यक छ : राष्ट्रपति

नवीन सोच र चरित्रवान् नेतृत्व आवश्यक छ : राष्ट्रपति

काठमाडौँ , २९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई आत्मसात् गर्दै सबै राजनीतिक नेतृत्व, जनप्रतिनिधि र सरोकारवालाहरू एकजुट भएर देश विकासमा समर्पित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन नवीन सोच, कार्यशैली र योजनासहित दृढ अठोट, ऊर्जावान्, आचरणशील तथा चरित्रवान् नेतृत्व अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार जनताको भरोसालाई इमान्दारितापूर्वक पूरा गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले विगतका अनुभव, पाठ र शिक्षाबाट सिक्दै वर्तमानको आवश्यकता सम्बोधन गर्ने र भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्ने दायित्व वर्तमान नेतृत्वको काँधमा रहेको बताउनुभयो । इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पने दायित्व हाम्रो काँधमा छ ।

वर्तमान समयमा नेपाली जनताले राजनीतिक नेतृत्वबाट इमान्दारी, नैतिकता र उत्तरदायित्वको अपेक्षा गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले युवा पुस्ताको आन्दोलन र आवाजले पनि यही चाहना स्पष्ट रूपमा अभिव्यक्त गरेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले संघीय व्यवस्थाअन्तर्गत महानगरपालिका लगायत स्थानीय तहको भूमिका झनै महत्वपूर्ण बनेको उल्लेख गर्दै स्थानीय सरकारहरूले जनताको जीवनस्तर सुधारमा प्रत्यक्ष योगदान पु¥याउनुपर्नेमा पनि जोड दिनुभयो ।

Facebook Comment

Related Posts

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar