काठमाडौँ, २९ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ११, १२ र १३ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ ।
हालै दुई समूहबीच एकीकरण भएपछि हुन लागेको यो महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा लिइएको छ । एकतापछि गठित स्टेरिङ कमिटीको बैठकले मिति तय गर्दै महाधिवेशनको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो ।
साथै, राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूबीच एकता कायम गर्न गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
संघले विश्वभरका नेपाली समुदायबीच एकताको सन्देश फैलाउन विभिन्न क्षेत्रीय अन्तरक्रिया कार्यक्रमहरू पनि आयोजना गर्ने जनाएको छ । १२औँ महाधिवेशन सफल बनाउन संघले सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ ।














