काठमाडौं, २८ मंसिर । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बन्दसत्र काठमाडौंको भृकुटिमण्डपमा सुरु भएका छन् ।
केहीबेरअघि सुरु भएको बन्दसत्रको सुरुआतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आज बिहान देखि सुरु हुन तय गरिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकलगायत कारणले ढिलाइ भई दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो ।
महाधिवेशनको उद्घाटन कार्यक्रम शनिबार भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको थियो । बन्दसत्र सुरु हुनु अघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनबाट गरिएका केही निर्णयहरू संशोधन गर्ने निर्णय गरेको छ ।
बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने तथा स्थायी कमिटीलाई निरन्तरता दिने व्यवस्था गरेको छ ।














