काठमाडौं, २७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधान मरिसकेको दाबी गर्दै अब त्यसलाई ब्युताउन नहुने बताएका छन् ।
नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले जेनजी आन्दोलनपछि संविधान अस्तित्वमा नरहेको जिकिर गरे ।
संविधान अपूर्ण रहेको र अब नयाँ समझदारी आवश्यक रहेको बताउँदै उनले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच सहमति भए मात्रै देश अघि बढ्ने धारणा राखे ।














