काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारद्वारा तोकिएको फागुन २१ को प्रतिनिधि सभा निर्वाचन मिति आवश्यक परे वैशाखसम्म सारिए पनि स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार जेनजीहरूलाई अपनत्व दिलाउन, चुनावी वातावरण सुधार गर्न र हिमाली क्षेत्रमा सहजता ल्याउन वैशाख उपयुक्त हुन सक्छ ।
उनले जेनजी–सरकारबीच भएको सहमतिलाई स्वागत गरे पनि दलहरूलाई समावेश नगरिएकोमा आपत्ति जनाउँदै सहमति–सहकार्यका माध्यमबाट निर्वाचन प्रक्रिया सहज बनाउन सरकारलाई सुझाव दिएका छन् ।














