काठमाडौं, २५ मंसिर । जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरकारी तथा सार्वजनिक संरचनाको पुनर्निर्माणमा करीब ३६ अर्ब ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
समिति संयोजक तथा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको हो ।
समितिका अनुसार जेनजी आन्दोलनले ८४ अर्ब ४५ करोड बढी बराबरको भौतिक क्षति पु¥याएको छ, जसमा २,६७१ भवन, १२,६५९ सवारीसाधन, तथा विभिन्न सरकारी, निजी र सामुदायिक संरचनाहरू प्रभावित भएका छन् ।
पुनर्निर्माणमा भवनका लागि १९ अर्ब ९८ करोड, सवारीसाधनका लागि ६ अर्ब १६ करोड र अन्य भौतिक सम्पत्तिका लागि १० अर्ब १४ करोड खर्च लाग्नेछ ।
तहमुसार संघले २४ अर्ब ६९ करोड, प्रदेशले ३ अर्ब ७४ करोड, र स्थानीय तहले ७ अर्ब ८६ करोड पुनर्निर्माणमा खर्च गर्ने अनुमान छ ।














