काठमाडौं, २४ मंसिर । सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारिएर म्यानमारका अवैध अनलाइन स्क्यामिङ केन्द्रमा काम गर्न बाध्य बनाइएका ४७ नेपाली नागरिकको उद्धार गरी नेपाल ल्याइएको छ ।
थाइल्यान्डस्थित नेपाली दूतावासले स्थानीय निकायसँग समन्वय गरी बुधबार उनीहरूलाई नेपाल फर्काएको हो ।
उद्धार गरिएका मध्ये ४५ पुरुष र २ महिला रहेकामा उनीहरू २६ जिल्लाका बासिन्दा छन्। पीडितहरू म्यानमारमा शारीरिक तथा मानसिक यातनासमेत खेप्न बाध्य भएको दूतावासले जनाएको छ ।














