काठमाडौं, २४ मंसिर । नवलपुरका डीएसपी मधु नेपाललाई बहुविवाह गरेको आरोपमा रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
नेपालकी पहिलो पत्नीले दिएको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भई उनलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार तीन दिनको म्याद थप गरी अनुसन्धान सञ्चालन भइरहेको छ ।
स्रोतका अनुसार नेपालले प्रहरीमै कार्यरत असईसँग दोस्रो विवाह गरेका थिए ।














