जनकपुर, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमा राजीनामा घोषणा गरेपछि लगतै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका छन् ।
सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै तथा वर्तमान राजनीतिक परिस्थितिलाई आत्मसात् गर्दै आफूले मुख्यमन्त्री पद छाडेको यादवले पत्रमार्फत उल्लेख गरेका छन् । 














