जनकपुर, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिन बोलाइएको बैठकमा नै राजीनामा घोषणा गरेका छन् ।
सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अनुसार उनलाई वैध मुख्यमन्त्री ठहर गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो ।
विश्वासको मतका लागि उनले सम्बोधन सुरु गर्दा कांग्रेससहितको विपक्षी दल बैठक छाडेर निस्किएको थियो ।
राजनीतिक विवाद र सातदलीय गठबन्धनको विरोधबीच यादवले प्रदेश प्रमुखकहाँ गएर औपचारिक रूपमा राजीनामा बुझाएका हुन ।














