काठमाडौँ, १५ मंसिर । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले आगामी माघ ३ र ४ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेका छन् ।
पार्टी एकतापछि आइतबार बसेको पहिलो संयुक्त बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष भुसालले सम्मेलनको मिति औपचारिक रूपमा घोषणा गरेका हुन् ।
भुसालका अनुसार सम्मेलनले पार्टीका प्रमुख दस्तावेज तथा विधानहरू संशोधन वा नयाँ रूपमै सार्वजनिक गर्ने छ । बैठकले घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी र खेमबन्धु कोइरालालाई पार्टीका वरिष्ठ नेता म्हणून मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, पार्टीले चार सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको छ । समितिमा घनश्याम भुसाल, केदार शर्मा, विजय पौड्याल र डम्बर बुढाथोकी समावेश छन् ।














