काठमाडौं, १५ मंसिर । पोखरामा आयोजना हुन लागेको जेनजी सम्बन्धी कार्यक्रममा हस्तक्षेप गर्न नेकपा एमालेले प्रयास गरेको दाबी गरिएका छन् ।
द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले आफू पोखरा जाने जानकारी सार्वजनिक भएपछि एमालेसँग नजिक रहेका केही समूहले कार्यक्रम बिथोल्ने कोसिस गरेको आरोप लगाएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले भनेका छन्, ‘पोखरामा जेनजी दाजुभाइ–दिदीबहिनीहरूको संगठनलाई थप सुदृढ बनाउन र देशप्रेमी पोख्रेली आमाबुबासँग भेटघाटका लागि हामी पोखरा जाँदै थियौं।
तर हामी आउने खबर बाहिरिएपछि केही समूहहरू र एमालेले कार्यक्रम असफल बनाउन प्रयत्न गरिरहेको सूचना पाएँ ।’














