काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामार्फत लघुवित्त वित्तीय संस्थाबाट उपलब्ध हुने ऋण सीमा बढाउने निर्णय गरेको छ ।
यसअघि लघुवित्तमार्फत अधिकतम ७ लाख रुपैयाँसम्म मात्र ऋण लिन सकिने व्यवस्था थियो तर आर्थिक अवस्थाको जटिलता र ऋणीहरूमा देखिएको भुक्तानी दबाबलाई ध्यानमा राख्दै अब ऋण सीमा दोब्बर वृद्धि गर्दै १५ लाख रुपैयाँसम्म पु¥याइएको हो ।
राष्ट्र बैंकका अनुसार, पछिल्ला वर्षहरूमा लघुवित्तको पहुँच ग्रामीण तथा आय–आर्जनका क्षेत्रमा प्रभावकारी रूपमा विस्तार भएको भए पनि महँगाई, आयस्रोतमा आएको कमी तथा ऋणको ठूलो किस्ता भुक्तानीमा समस्या देखिन थालेको थियो।
यस्ता समस्यालाई सम्बोधन गर्न कर्जा भुक्तानी तालिका (च्भउबथmभलत क्अजभमगभि) परिमार्जन गर्न सकिने व्यवस्था पनि समीक्षा मार्फत स्पष्ट गरिएको छ ।
नयाँ व्यवस्थाले विशेषगरी साना उद्यमी, कृषि व्यवसाय, महिला समूह तथा आयमुखी उद्योग–धन्दा सञ्चालन गरिरहेका व्यक्तिहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।














