काठमाडौं, १४ मंसिर । भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंमा घाइते भएका १६९ जनाको जिल्ला प्रशासन कार्यालयले औपचारिक रूपमा वर्गीकरण गरेको छ । सहायक प्रजिअ मुक्तिराम रिजालका अनुसार मंसिर ५ र १२ गते सम्पन्न दुई चरणको छलफलपछि घाइतेहरूलाई ४ समूहमा विभाजन गरिएको छ—अतिगम्भीर १५, गम्भीर ५१, मध्यम ३६ र सामान्य ६७ जना ।
अस्पतालमा उपचाररत तथा प्रशासन कार्यालयसम्म आउन नसक्ने घाइतेहरूलाई टोलीले अस्पतालमै पुगेर वा एम्बुलेन्समार्फत ल्याई वर्गीकरण गरिएको हो।
प्रशासनले तयार पारेको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाइनेछ, तथा मन्त्रालयले सोही आधारमा आवश्यक सुविधा र सामाजिक सुरक्षाको व्यवस्था गर्नेछ ।
जेनजी प्रदर्शनका लागि सुरुमा ३१५ जनालाई अनुमति दिइएको थियो ।














