काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई छुट्टाछुट्टै समूह महेश श्रेष्ठ र डा. बद्री केसी नेतृत्वबीच एकता सम्बन्धी १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सहमति अनुसार १७ अप्रिल २०२६ भित्र १२औं महाधिवेशन गर्ने, पारदर्शिताका लागि ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने तथा कमिटीका सदस्यहरू महाधिवेशनमा उम्मेदवार नबन्ने व्यवस्था गरिएको छ ।
दुवै पक्षले विगतका आधिकारिकता विवादसँग सम्बन्धित मुद्दा फिर्ता लिने, आर्थिक पक्षको तृतीय–पक्षीय अडिट गराउने तथा १० बुँदे सहमतिको कार्यान्वयन परराष्ट्र मन्त्रालयको समन्वयमा अघि बढाउने निर्णय गरेका छन् ।
एकतापछि संघको नेतृत्व महेश श्रेष्ठले गर्नेछन् भने केसी नेतृत्वको कार्यसमिति एकता महाधिवेशनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछ ।














