काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका दौरान दिएको वक्तव्यबारे उठेको विवादपछि स्पष्टीकरण दिँदै सबै धर्मप्रति आफूले समान सम्मान राख्ने बताएकी छन् ।
मुसलमान समुदायबारे व्यक्त अभिव्यक्तिलाई लिएर आलोचना भएपछि उनले आफ्नो कथनले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय नरहेको स्पष्ट पारिन् ।
साथै, उनले शान्ति, सद्भाव र सहिष्णुताको आवश्यकता जोड दिँदै आपसी मेलमिलापपूर्वक अघि बढ्न आग्रह गरिन् ।














