काठमाडौं, १३ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेर मात्रै देश र जनताका पक्षमा काम हुन नसक्ने बताएका छन् ।
दाङको देउखुरीमा आयोजित एकता सन्देशसभामा उनले दुई तिहाइ बहुमत पाए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई “हेलिकप्टर चढेर भाग्नु परेको” भन्दै कटाक्ष गरे ।
प्रचण्डले १५ वाम घटकबीच भएको एकतालाई जनताको हक, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको संयुक्त संघर्षको परिणाम बताएका छन् ।
आफू नेतृत्वको सरकारलाई भ्रष्टाचार विरोधी कदमका कारण हटाइएको दाबी गर्दै उनले ओलीले जेनजी आन्दोलनका घटनाबारे लगाएको आरोपको खण्डन गरे र ओलीलाई अझै “दम्भ नहटेको” टिप्पणी गरे ।














