काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि देशभरि शनिवार करिब २,२०० प्रतिनिधि शान्तिपूर्ण रूपमा चयन भएका छन् ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अधिकांश कमिटीमा सर्वसम्मत तर केही स्थानमा निर्वाचनमार्फत प्रतिनिधि तय गरिएको हो ।
छिटफुट रूपमा रोकिएका प्रक्रियाहरू पनि चुनावमार्फत टुंग्याउन निर्देशन दिइएको छ । प्रत्येक प्रतिनिधि क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि चयन हुने व्यवस्था छ ।
सबै प्रतिनिधिको विवरण मङ्सिर १५ भित्र केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ । महाधिवेशन मङ्सिर २७–२९ मा भक्तपुरमा हुने छ ।














