काठमाडौे., १३ मंसिर । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि आज देशभरि प्रतिनिधि छनोट गर्दैछ ।
अधिकांश क्षेत्रमा बिहान ८ बजेबाट सुरु हुने मतदान दिउँसो २ बजे आसपास सकिनेछ । केही क्षेत्रमा भने पहिले नै सहमतिका आधारमा प्रतिनिधि टुंगो भइसकेको छ ।
केन्द्रीय प्रचार विभागका अनुसार संघीय निर्वाचन क्षेत्रहरूबाट खुला, महिला, दलित र युवा मिलाएर करिब २ हजार प्रतिनिधि चयन हुनेछन्, भने प्रवास, जनसंगठन र विभागहरूबाट करीब १०० प्रतिनिधि थपिनेछन् ।
समग्रमा करिब २,२०० भन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अनुमान गरिएको छ । विभिन्न कोटाका लागि सदस्य अनुपातअनुसार प्रतिनिधि संख्या तोकिएको छ—जसमध्ये ३५४ केन्द्रीय कमिटीसहित विभिन्न कमिटीबाट ४६४ जना स्वतः प्रतिनिधि हुनेछन् ।
नयाँ प्रस्तावित विधि अनुसार युवा, महिला र दलित सहभागितालाई अनिवार्य रूपमा सुनिश्चित गरिएको छ ।














