काठमाडौं, १३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत आज ‘सुपर स्याटरडे’ मा दुई खेल हुँदैछन् ।
बिहान ११:१५ बजे पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् । दुवै टोली २–२ अंकसहित तल्लो भागमा रहेकाले प्लेअफ सम्भावना जीवित राख्न जित अत्यन्तै महत्वपूर्ण छ ।
दिउँसो ३:३० बजे दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र जितविहिन जनकपुर बोल्ट्स खेल्दैछन् ।
चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ भने तीनै खेल हारेको जनकपुरलाई सम्भावना जोगाउन आज जित आवश्यक छ ।














