धनगढी, १२ मंसिर । सुदूरपश्चिमको धनगढीमा शुक्रबार नेकपा (नेपाल कम्युनिस्ट पार्टी) ले सात प्रदेशमै सञ्चालन हुने सन्देश सभामध्ये पहिलो सभा सम्पन्न गरेको छ ।
सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक व्यवस्थापन कठिन भएकाले जनसमागम कम हुनसक्ने चिन्ता आफूहरूले गरेका बताए ।
केन्द्रबाट कुनै रकम पठाउन नसकिएको र सुरक्षासम्बन्धी आशंका रहेका अवस्थामा पनि स्थानीय नेता–कार्यकर्ताले सभालाई सफल बनाएको उनले प्रशंसा गरे ।














