काठमाडौं, १२ मंसिर । नेपाल प्रहरीले सात वटा एसएसपी दरबन्दी रिक्त भएपछि नयाँ बढुवाको प्रक्रिया सुरु गरेको छ ।
कर्णाली प्रदेशका एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत भएपछि रिक्त संख्या सात पुगेको हो ।
एआईजी तथा डीआईजी बढुवा सम्पन्न भइसकेकोले अब एसएसपी बढुवातर्फ ध्यान केन्द्रित गरिएको छ । प्राविधिक तथा जनपद दुवै तर्फका दरबन्दी मिलानका लागि मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ, जसपछि बढुवा प्रक्रिया अघि बढाइएको छ ।
करिब दुई दर्जन प्रतिस्पर्धीमध्ये भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्र प्रसाद काफ्ले लगायतका अधिकारीहरु बढुवाको दौडमा छन् ।














