काठमाडौं, ११ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्ध दायर रिटमाथिको सुनुवाइ शुक्रबारका लागि सारिएको छ ।
बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा समयअभावका कारण बहस नसकिँदा हेर्दाहेर्दैमा राखिएको हो ।
रिट निवेदक पक्षले दुई घण्टाभन्दा बढी र मुख्यमन्त्री पक्षले एक घण्टा बहस गरे पनि निष्कर्ष ननिस्किएपछि पेसी सारिएको हो ।
कांग्रेस दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले दर्ता गरेको रिटमाथि यसअघि सर्वोच्च अदालतले मुख्यमन्त्रीलाई दीर्घकालीन प्रभाव पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश पनि दिइसकेको छ ।














