काठमाडौं, ११ मंसिर । नेकपा र जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र कुमार श्रेष्ठ समूहबीच राजधानीमा आयोजित कार्यक्रममा १० बुँदे सहमति सहित औपचारिक एकता घोषणा भएको छ ।
नयाँ एकीकृत पार्टीले ‘नेपाली विशेषताको समाजवाद’लाई मूल कार्यक्रम बनाउने, संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने तथा पहिचान–आधारित सङ्घीय समाजवादी गणतन्त्रलाई रणनीतिक लक्ष्य बनाउने सहमति भएको छ ।
पार्टी सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वका आधारमा सञ्चालन हुने र दुवै पक्षका संरचना सहमतिअनुसार समायोजन गरिने उल्लेख छ।
बाँकी मतभेद एकता महाधिवेशनमार्फत समाधान गरिने बताइएको छ। सहमति–पत्रमा प्रचण्ड, माधव नेपाल र राजेन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।














